Fast Nepal News

गोरखामा फेरि कडा निषेधाज्ञा

banner single news

गोरखा — २ भाद्र २०७८

गोरखा, कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले १० दिनका लागि कडा निषेधाज्ञा लगाएको छ । बुधबारदेखि लागू निषेधाज्ञा भदौ ११ सम्म चल्नेछ । यसअघिको निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको दर तीव्र बनेको प्रशासनको ठम्याइ छ ।जिल्ला प्रवेश गर्ने नाकाहरू प्रहरी परिचालन गरी अनावश्यक कामका लागि आउजाउमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । जिल्ला प्रवेश गर्ने मुख्य नाका मझुवा देउराली, आरुघाट, पालुङटारलगायत नाकामा प्रहरी परिचालनसँगै स्वास्थ्य युनिट परिचालन गरिने उनले बताए ।‘सम्बन्धित पालिकालाई स्वास्थ्य युनिट राख्न भनेका छौँ, जनपथ र सशस्त्र प्रहरी पनि नाकामा परिचालन गरेका छौँ,’ उनले भने, ‘संक्रमणको दर बढ्यो, १० दिनमा चेनब्रेक होला भनेर कडाइ गरेका हौँ ।’

निषेधाज्ञा जारी भएपछि बुधबार सदरमुकामसहित ग्रामीण क्षेत्रका बजार बिहानैदेखि सुनसान छन् । बैंक तथा वित्तीय संस्था खुलेका छैनन् । आकस्मिकबाहेकका सरकारी कार्यालको सेवा प्रवाह पनि बन्द गरिएको छ । दैनिक उपभोग्य सामग्रीका पसलका लागि बिहान पाँच बजेदेखि १० बजेसम्म समयसीमा निर्धारण गरिएको प्रशासनका अधिकृत हर्क रोकाले बताए ।सार्वजनिक तथा निजी सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ । संक्रमणदर उच्च देखिएका स्थानीय तहले पालिकाबाट प्रवाह गर्ने अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर बुधबार दिउँसोसम्म ६ सय ३ कोरोनाका सक्रिय संक्रमित छन् ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.