Fast Nepal News

banner single news

नुवाकोट — २ भाद्र २०७८

नुवाकोट, पहिरोले रसुवा र नुवाकोटमा गरी बिहीबार तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । रसुवाको नौकुण्डगाउँपालिका–५ कोलडाँडामा दुई तथा नुवाकोटको बेलकोट नगरपालिका–५ लामाचौरमा एक जनाको ज्यान गएको हो ।नौकुण्ड गाउँपालिकामा पहिरोले घर पुर्दा ३२ वर्षीया कमला तामाङ र उनकी कान्छी छोरी ८ वर्षीया सुकमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । एक छोरा र एक छोरी बेपत्ता छन् । घरमा सुतिरहेकै बेला उनीहरूलाई पहिरोले छोपेको थियो ।

पहिरोमा घरमूली श्यामबहादुर ग्लान घाइते छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । बेपत्ताको खोजी गर्न स्थानीय, प्रहरी र सेनाको टोली खटिएको छ । पहिरो गएको स्थान सदरमुकाम धुन्चेबाट ४० किमि दक्षिणपूर्वमा पर्छ ।
Inside Article Ads

त्यस्तै बेलकोटगढी नगरपालिका–५ लामाचौरमा पहिरो जाँदा ४३ वर्षीय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको छ ।घरको करेसामा बिहीबार राति भल तर्काउने क्रममा पहिरोले पुरिएको उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्कीले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा लगिएको प्रहरीले जनाएको छ । 

(कान्तिपुर दैनिक)

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.