Fast Nepal News

रोनाल्डो रियल फर्किने हल्ला

banner single news

म्याड्रिड — २ भाद्र २०७८

म्याड्रिड, रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले क्लबले क्रिस्टियानो रोनाल्डोलाई फेरि अनुबन्ध गर्ने सम्भावना अस्वीकार गरेका छन् । म्याड्रिड फर्किने हल्ला चलिरहेका बेला रोनाल्डो आफैंले पनि स्पेनी महारथीसँग आफ्नो अध्याय लेखिसकेको बताएका छन् ।रियलमा आफ्नो पहिलो कार्यकालमा एन्सेलोट्टीले रोनाल्डोलाई खेलाएका थिए । उनी पहिलोपल्ट रियलमा २०१३–१५ मा थिए । उनले पोर्चुगिज फरवार्डको प्रशंसा गरे पनि म्याड्रिडले उनलाई फर्काउन चाहेको कुरा भने अस्वीकार गरिदिए ।‘क्रिस्टियानो रियल म्याड्रिडका लिजेन्ड हुन् र उनीप्रति मेरो माया र सम्मान छ,’ एन्सेलोट्टीले ट्विट गरेका छन्, ‘मैले उनलाई सम्झौता गर्ने कहिल्यै विचार गरिनँ । हामी भविष्यप्रति केन्द्रित छौं ।’ ३६ वर्षीय रोनाल्डोको अर्को जुनसम्म युभेन्ट्ससँग सम्झौता छ । रोनाल्डो २००९–१८ सम्म म्याड्रिडमा रहेका थिए । उनी फर्किन सक्ने खबर स्पेनी मिडियाले दिइरहेका छन् ।

‘म कसरी आफ्नो कामप्रति केन्द्रित हुन्छु भन्नेमा मलाई चिन्नेहरू सचेत छन्,’ इन्स्टाग्राममा रोनाल्डोले पोस्ट गरेका छन्, ‘कम बोलौं र धेरै गरौं । मेरो करिअर सुरु भएदेखि यो नै मेरो आदर्श हो । जसरी हालै सबै कुरा भनियो र विचार लेखियो, मैले आफ्नो पोजिसन निश्चित गरिसकेको छु ।’ उनले भनेका छन्, ‘म मेरो करिअर र कामप्रति केन्द्रित हुनुपर्छ । समैले सामना गर्नुपर्ने सबै चुनौतीका लागि प्रतिबद्ध र तयार हुनुपर्छ । अरु सबै कुरा ? अरू सबै कुरा गफमात्रै हो ।’रियल गत सिजन उपाधिविहीन रहेको थियो । उसले पेरिस सेन्ट जर्मेनबाट केलियन एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको बाहिर आएको छ । रियलले अलाभेसलाई ४–१ ले हराएर नयाँ सिजन सुरु गरेको छ । टोलीले दोस्रो खेलमा आइतबार लेभान्टेको भ्रमण गर्नेछ ।  

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.