Fast Nepal News

वाग्मतीमा दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार

banner single news

मकवानपुर — २ भाद्र २०७८

मकवानपुर, वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार राति मुख्यमन्त्री नियुक्त भए लगत्तै शाक्यले सानो आकारको मन्त्रिपरिषद् गठन गरेकी हुन् ।समाजिक विकास मन्त्रीमा कृष्ण शर्मा खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे नियुक्त भएका हुन् । पाण्डेलाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पनि जिम्मेवारी दिइएको छ । पाण्डे यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

Inside Article Ads

आर्थिक मामिला तथा योजना मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाक्य आफैंले राखेकी छन् ।

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.