Fast Nepal News

नौबीसे–नागढुंगा सडकमा पहिरोमा फसेको ट्रक निकालियो, साना सवारी पार गरिँदै

banner single news

धादिङ — २ भाद्र २०७८

धादिङ, नौबीसे–नागढुंगा सडक खण्डमा बुधबार बिहान पहिरोले अवरुद्ध सडक आंशिक खुलेको छ । पहिरोमा फसेको ट्रक निकालेपछि सडकबाट साना सवारी पार गराइएको हो । ठूला सवारी भने अझै बाटैमा अलपत्र छन् । पहिरोकै कारण दुवैतर्फ गाडीको जाम लागेको छ । जाम खुलाउन र पहिरो पूरै पन्छाउन पहल भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी निरीक्षक रूपा थापाले बताइन् ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका क्रममा सडक फराकिलो बनाउन डाँडा काट्दा खसेको पहिरोले सडक थुनिएको हो ।सडक अवरुद्ध भएपछि काठमाडौं प्रवेशका लागि तराईलगायत विभिन्न जिल्लाबाट आएका सवारीसाधन अलपत्र छन् । उक्त स्थानमा यसअघि पनि पहिरोका कारण १५ परिवार विस्थापित भइसकेका छन् ।

Inside Article Ads
(कान्तिपुर दैनिक)
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.