Fast Nepal News

दूधबाट रुकुम पश्चिममा भित्रियो ४० लाख

banner single news

रुकुम पश्चिम — २ भाद्र २०७८

रुकुम पश्चिम, गत आर्थिक वर्षमा जिल्लाबाट झन्डै ७४ हजार लिटर दूध जिल्ला बाहिर गएको छ । एक वर्षमा जिल्लाबाट ७३ हजार ९ सय ९४ लिटर दूध नेपालगन्ज गएको हो । दुई वर्षदेखि मुसीकोट नगरपालिका–४ स्थित नागरिक दुग्ध सहकारी संस्थाले दुग्ध विकास संस्थान नेपालगन्जमा दूध पठाउने गरेको छ ।संस्थाका अनुसार गत आर्थिक वर्षमा दूधबाट जिल्लामा ४० लाख ६७ हजार रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७६/०७६ को तुलनामा भने गत आर्थिक वर्षमा दूधको निर्यात घटेको हो । ०७६/०७७ मा १ लाख १४ हजार ८ सय ८० लिटर दूध निर्यात भएको थियो ।

जसबाट जिल्लामा ६१ लाख रुपैयाँ आम्दानी भएको संस्थाले जनाएको छ । गत आर्थिक वर्षमा कोरोना महामारीका कारण दूधको निर्यात घटेको नागरिक दुग्ध सहकारी संस्थाका अध्यक्ष धिरण शेपालीले बताए । ‘कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लामो समय निषेधाज्ञा हुँदा बढी दूध बाहिर पठाउन सकिएन,’ उनले भने ।जिल्लाबाट गत आर्थिक वर्षमा ७४ हजार लिटर दूध बाहिर गएको छ भने जिल्ला भित्रै १४ हजार ७ सय २८ लिटर दूध बिक्री गरेको सहकारीले जनाएको छ । दहीलगायतको दुग्धजन्य पदार्थ उत्पादनमा दूध खपत भएको सेर्पालीले बताए ।

Inside Article Ads

उनका अनुसार सहकारीले बितेको वर्ष १ हजार ६ सय ५७ लिटर दही, ४४ किलो पनिर, ३५ किलो र २८ किलो घ्यू बिक्री गरेको छ ।सहकारीले किसानले उत्पादन गरेको दही र घ्यू पनि खरिद गरिरहेको छ । एक वर्षमा ५३ लाख रुपैयाँको कारोबार गरिएको संस्थाले जनाएको छ । त्यसमध्ये ३८ लाख ७१ हजार रुपैयाँ किसानलाई भुक्तानी दिइएको अध्यक्ष सेर्पालीले बताए ।

(कान्तिपुर दैनिक) 

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.