Fast Nepal News

पहिरोले नौबिसे–नागढुंगा सडक अवरुद्ध

banner single news

धादिङ — २ भाद्र २०७८

धादिङ, नौबिसे-नगाढुंगा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका क्रममा सडक फराकिलो बनाउन डााडा काट्दा खसेको पहिरोले बुधबार सडक थुनिएको हो ।सडक अवरुद्ध भएपछि काठमाडौं प्रवेशका लागि तराईलगायत विभिन्न जिल्लाबाट आएका सवारीसाधन अलपत्र छन् ।

सडक खुलाउने प्रयास भइरहे पनि पहिरो ठूलो भएकाले मुस्किल परेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाले जानकारी दिइन् ।उक्त स्थानमा यसअघि पनि पहिरोका कारण १५ परिवार विस्थापित भइसकेका छन् । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.