Fast Nepal News

एथलेटिक्स परिवारको कार्यक्रम घोषणा

banner single news

काठमाडौँ — २ भाद्र २०७८

काठमाडौँ, एथलेटिक्स खेलको विकास र विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले हालै स्थापित एथलेटिक्स परिवार नेपालले आफ्नो वार्षिक कार्यक्रम घोषणा गरेको छ ।एथलेटिक्सका पूर्वपदाधिकारी राजन खत्रीको अध्यक्षतामा अघिल्लो महिना स्थापित एथलेटिक्स परिवारले यस वर्ष उमेर समूहसहित चार प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।मंसिरमा युथ एथलेटिक्स च्याम्पियनसिप गर्ने घोषणा छ । जहाँ यू–१६ र यू–२० का स्पर्धा समावेश हुनेछन् । माघमा नुवाकोटमा हुने झिल्टुङ क्रसकन्ट्री दौडमा सहकार्य गरिने, फागुनमा गोल्डेन एथलेटिक्स मिट र २०७९ को साउनमा खुला क्रसकन्ट्री दौड प्रतियोगिता गर्ने परिवारले जानकारी दिएको छ ।

अध्यक्ष खत्रीले नेपाल एथलेटिक्स संघसँगको सहकार्यमा आफ्नो कार्यक्रम सञ्चालन गरिने बताए पनि कार्यक्रममा संघका पदाधिकारी उपस्थित थिएनन् । ‘प्रशिक्षण तथा खेलाडी उत्पादन गर्ने काम राखेप र एथलेटिक्स संघको हो । हामी ती खेलाडीको प्रतिभा प्रस्तुत गर्ने माध्यम बन्न खोजेका हौं । तत्कालका लागि प्रतियोगिता गर्नेबाहेक अन्य कार्यक्रम समावेश गरेका छैनौं,’ खत्रीले भने ।खत्रीको अध्यक्षतामा एथलेटिक्सका ओलम्पियनसहित भेट्रान खेलाडी सम्मिलित ९ सदस्यीय कार्यसमिति रहेको संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.