Fast Nepal News

फड्के बगेपछि समस्या

banner single news

पर्वत — २ भाद्र २०७८

पर्वत, ६ वर्षअघि जनश्रमदान तथा सरकारी सहयोगमा निर्मित फड्के बगाएपछि पर्वतको कुश्मा तथा फलेबासका केही वडावासीको आउजाउमा बाधा पुगेको छ । सर्‍याङ्दीखोलामा निर्मित फड्के गत वर्ष भदौ २८ को बाढीले बगाएको थियो ।फड्केको मर्मत गरी स्थानीयले उक्त स्थानभन्दा केही तल सारेर आउजाउ गर्न मिल्ने बनाएका थिए । तर यसपल्ट पनि बाढीले क्षति पुर्‍याएपछि वारपारमा समस्या भएको हो ।२०७२ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालयको १ लाख रुपैयाँ आर्थिक सहयोग र स्थानीयको श्रमदानमा उक्त फड्के निर्माण गरिएको थियो ।

स्थानीय विष्णु रिजालका अनुसार फलेबास–१, २, ३, ४ र ९ वडावासीका लागि कुश्मासम्म आउजाउ गर्न समस्या भएको गुनासो गरे । ‘हामी मलामी जाने छोटो बाटो यही हो,’ उनले भने, ‘पोहोर र अहिलेको बाढीले खोलाको पुल बगायो । बाटो पनि सबै क्षतविक्षत भएको छ । वैकल्पिक बाटो सजिलो छैन । धेरै समस्या भएको छ ।’कुश्मा–२, ३ र ४ का बासिन्दा पनि सदरमुकाम आउजाउ गर्न यही मार्ग प्रयोग गर्छन् । बालबालिकालाई विद्यालय जानसमेत असहज भएको फलेबास–३ का शिवनारायण तिवारीले बताए । ‘अहिलेसम्म जेनतेन चलेकै थियो,’ तिवारीले भने, ‘अहिलेको बाढीले हिँड्नै नमिल्ने बनाइदियो ।

Inside Article Ads

अब कि त्यो पुल फालेर अर्को बनाउनुपर्छ कि वैकल्पिक बाटो प्रयोग गर्नुपर्छ । बालबालिका खोलामा खसे भने कसले जिम्मा लिने ?’पक्की पुल बनाउन स्थानीय र प्रदेश सरकारलाई बारम्बार आग्रह गरिएको स्थानीयको भनाइ छ । तर कसैले यसतर्फ चासो दिएका छैनन् । गण्डकी प्रदेशको भौतिक योजना मन्त्रालयका इन्जिनियर महेन्द्र बानियाँले त्यहाँको समस्या आफूलाई पनि अवगत भएकोले चालु वर्षमा केही सम्बोधन हुने बताए । ‘म पर्वत हुँदा मैले नै सहयोग गरेर त्यहाँ फड्के बनेको हो,’ उनले भने, ‘यो वर्ष सम्बोधन हुनेगरी काम हुन्छ ।’

(कान्तिपुर दैनिक)

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.