Fast Nepal News

नेपालले पपुवा न्युगिनीसँग खेल्ने

banner single news

काठमाडौँ — १ भाद्र २०७८

काठमाडौँ, नेपालले ओमानमा हुने आईसीसी विश्वकप लिग २ अगाडि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल्ने निश्चित भएको छ । नेपालले सेप्टेम्बर ५ र ८ मा पपुवा न्युगिनीसँग मस्कटमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्यानले जनाएको छ । दोस्रो खेल दिवाराति हुनेछ । नेपालले त्यसपछि लिग २ मा ओमान र अमेरिकासँग खेल्दै छ । सेप्टेम्बर १४ देखि २० सम्म हुने विश्वकप छनोट आधार रहेको लिग २ को खेलअगाडि नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । ओमान र यूएईले अक्टोबर–नोभेम्बरमा संयुक्त रूपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकप तयारीका क्रममा पपुवा न्युगिनीले नेपालसँग खेल्ने लागेको हो ।

लिग २ मा नेपालको यो दोस्रो शृंखला हो । सन् २०२० को फेब्रुअरीमा काठमाडौंमा अमेरिका र ओमानसँगको नेपालले प्रतिस्पर्धा गरेको थियो, जुन लिग २ मा नेपालले खेलेको एकमात्र शृंखला थियो । त्यसमा नेपालले अमेरिकासँगको दुवै खेल जितेको थियो भने ओमानसँग दुवै खेल हारेको थियो । त्यसयता सबै शृंखला कोभिड–१९ कारण स्थगित हुँदै आएको छ ।ओमन १० खेलमा १६ अंक जोड्दै शीर्षस्थानमा छ भने अमेरिका १२ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ९ अंक, नामिबिया ९ खेलमा ८ अंक र यूएई ७ खेलमा ७ अंक बटुल्दै क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा छन् । पपुवा न्युगिनी सबै ८ खेल हारेर पुछारमा छ । लिग २ को शीर्ष तीन टोलीले एक आपसमा समान ३६ खेल खेलेपछि शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्नेछन् ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.