Fast Nepal News

ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चले गर्यो अस्वीकार

banner single news

काठमाडौँ – १ भाद्र २०७८

काठमाडौँ, जनता समाजवादी पार्टीभित्रको विवाद समाधान गर्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च पुगेका महन्थ ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले जसपाको प्रथम अध्यक्षको हैसियतमा रिट निवेदन दिएका ठाकुरको मागबमोजिम अन्तरिम आदेश जारी नगरेका हुन् ।ठाकुरले निर्वाचन आयोगले साउन ११ गते लिएको निर्णय कार्यान्वयनमा रोक लगाइ पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि सोमबार सुनुवाइ भएको थियो । उनले माग गरेजस्तो आयोगको निर्णय कार्यान्वयन मा रोक नलगाए अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

‘आधिकारिकताको सम्बन्धमा दुवै पक्षका दाबी एवं जिकिरहरूका विषयमा सुनुवाइ गरी र केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति र सनाखतसमेत लिई आवश्यक संख्यामा बहुमत सदस्यहरूले व्यक्त गरेको मत समेतलाई दृष्टिगत गर्दै दलको आधिकारिकताबारे आयोगबाट मिति २०७८ साउन ११ मा निर्णय गरेको देखियो,’ आदेशमा भनिएको छ, ‘सो निर्णय कानुनबमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन ।

Inside Article Ads

 

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.