Fast Nepal News

ऐक्यबद्धता जनाउँदै ब्रिटिस भेट्रान्सहरुले गोर्खा आन्दोलनमा गरेप्रदर्शन

banner single news

लण्डन –  ३१ श्रावण २०७८

लण्डन,  ब्रिटिस भेट्रान्सहरुले गोर्खा आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेका छन् । विगत ८ दिन देखि आमरण अनसन बसिरहेका गोर्खाहरुलाई साथ दिँदै ब्रिटिस भेट्रान्सहरुले प्रदर्शन गरेका हुन् । सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायरदेखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद् भवनसम्म पुगेका थिए ।

Inside Article Ads

सो क्रममा गोर्खाहरुले एकै साथ ताली बजाएर धन्यवाद दिए ।’ब्रिटिस भेट्रान्स र नागरिकहरुको साथले हामीलाई थप उर्जा मिलेको छ,’ गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने । राईले आइतबार सत्याग्रहकै आह्वानमा प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शनको तयारी भएको पनि जनाए ।

 

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.