Fast Nepal News

राहुलको शतकमा भारतको बलियो सुरुआत

banner single news

लन्डन — २९ श्रावण २०७८

लन्डन, भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बिहीबार ठोस सुरुआत लिएको छ । टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको भारतले तीन विकेटमा २ सय ७६ रन बनाएको छ । त्यसमा प्रारम्भिक ब्याट्सम्यान के राहुलले शतक बनाएका छन् ।

१ सय २७ रन बनाएर नटआउट रहेका उनलाई अजिन्क्य रहानेले एक रन बनाएर साथ दिइरहेका छन् । यसअघि अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले ८३ रन बनाएका थिए ।यस्तै कप्तान विराट कोहलीले ४२ रनको योगदान गरेका छन् । इंग्लिस बलरमध्ये जेम्स एन्डरसले दुई तथा ओली रोबिनसनले एक विकेट लिएका छन् । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.