
रूपन्देही — २९ श्रावण २०७८
रूपन्देही, लुम्बिनी प्रदेश सरकारको बिहीबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला तथा मुटुरोगका बिरामीलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैठकले प्रतिबिरामी २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले बताए । बैठकले खड्कालाई प्रवक्ता नियुक्तिसहित अन्य ८ निर्णय गरेको छ ।
