Fast Nepal News

आज नागपञ्चमी, घरघरमा नागका चित्र टाँसिँदै

banner single news

काठमाडौँ — २९ श्रावण २०७८

काठमाडौँ, नागको पूजा गरिने पर्व नागपञ्चमी आज शुक्रबार मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन यो पर्व मनाइन्छ । यस अवसरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ ।त्यसपछि यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ ।घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दु:ख नदिने जनविश्वास पनि छ ।

नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए अनिष्ट हुने भएकाले यसलाई पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।प्रत्येक घरमा नाग रहने र नाग रिसाए घरको जग भत्किने विश्वास पनि गरिन्छ । नागपञ्चमी किन र कसरी मनाउन सुरु भयो भन्नेबारे विभिन्न किंवदन्ती प्रचलित छन् । नागपञ्चमीको अवसरमा काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीसँगै देशभरिका दह र कुण्डमा पूजा गरिन्छ ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 204 times, 3 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.