Fast Nepal News

सुदूरपश्चिम प्रदेशमा ७ जनामा कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौं, भदौ १९ – शुक्रबार सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा एक हजार ६४ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ६४ जनाको कोरोना परीक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ५ का एक जनामा कोरोना पुष्टि भएको हो।

यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ५९ जनाको कोरोना परीक्षण गरिएकोमा थप तीन जनामा संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

भुसालका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा बैतडीको पाटन नगरपालिकाका एक जना, बझाङको मष्ठा गाउँपालिकाका एक र दार्चुलाको मार्माका एक जना रहेका छन्।

Inside Article Ads

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा शुक्रबार एक सय ४१ जनाको कोरोना परीक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठले दिएको जानकारीअनुसार डोटी र अछाम जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको हो।

डोटीको पूर्वीचौकी गाउँपालिकाका एक पुरुष, आदर्श गाउँपालिका वडा नम्वर ३ का एक महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार एक सय ३४ पुगेको छ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.