Fast Nepal News

किशोरीको बलात्कारपछि हत्या आशंका

banner single news

उदयपुर —  २७ श्रावण २०७८

उदयपुर, घरबाटै हराएकी त्रियुगा–६ मोहनपुरकी एक किशोरीको शव जंगलमा सडेको अवस्थामा फेला परेको छ । शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । शव प्रेमकुमार चौधरीकी १६ वर्षीया छोरी कृशला चौधरीको भएको प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । साउन १३ देखि घरबाटै हराएकी कृशलाको शव १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा फेला परेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए । ‘२० गते किशोरीका बुबाले शवको पहिचान गरे,’ गौतमले भने, ‘त्यसपछि मात्रै कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको हो ।’ घटनाबारे सोधपुछका लागि ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।कृशला १३ गते घरबाट आफन्तकहाँ गएदेखि बेपत्ता भएकी थिइन् । उनी परिवार र आफन्तको सम्पर्कमा नआएपछि खोजी गरिएको बुबा प्रेमकुमारले बताए । ‘सामाजिक प्रतिष्ठामा आँच आउने डरले भित्रभित्रै खोजी गरियो,’ प्रेमकुमारले भने, ‘छोरी हराएको भन्दा सामाजिक बेइज्जत हुने भएकाले कसैलाई भनिएन ।’

शव भेटिनासाथ तत्कालै अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । ‘घटना शंकास्पद छ, त्यसैले गम्भीर रूपमा अनुसन्धान भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक गौतमले भने, ‘बालिका हराएको सुरुमा प्रहरीलाई जानकारी नै गराइएन । त्यसैले पनि बालिकालाई जीवितै भेटिएन, तत्कालै अपराधी पहिचान गर्न सकिएन ।’ स्थानीयले बालिकको बलात्कारपछि हत्याको आशंका गरेका छन् । ‘शव हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने अवस्था देखिन्छ,’ त्रियुगा–६ वडाध्यक्ष निर्मल चौधरीले भने, ‘शव हेर्दा बीभत्स देखिन्थ्यो, अनुहार र हातखुट्टा कुहिसकेको थियो ।’‘पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ, बालिकासँग सामाजिक सञ्जालमा जोडिएका केहीलाई ल्याएर सोधपुछ गर्नेलगायत अनुसन्धान भइरहेको छ,’ प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले भने । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.