
लमजुङ – २६ श्रावण २०७८
लमजुङ ,लमजुङ जिल्ला राइनास नगरपालिका वडा नं. ५ निवासी वर्ष २१ कि विष्णु श्रेष्ठ नाम गरेकी महिला मिति २०७८ श्रावण ९ गते विहान करिव ११ बजे गोठालो जाँदा चेपे नदि आसपासबाट हराएको हुँदा देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन वा ९८४५७२७७१० मा सम्पर्क गराइदिनुहुन अनुरोध छ ।
निज महिलाको चेपे नदि किनारमा चप्पल, झोला र मोवाईल पानीमा भिजेको अवस्थामा भेटिएको थियो । चेपे नदिले बगाएको हुनसक्ने संभावना भएपनि खोजी गर्दा भेटिएको छैन । यसरी लास फेला नपरेपछी कहि कतै जिवितै छन की भनेर परिवारले खोजिदिन आग्रह गरेका छन ।निज महिलाको माइतीघर बढैयाताला गाउँपालिका वडा नं. ८ सितलाबजार बर्दिया रहेको र यहि बैशाख ९ गते लमजुङ राइनास ५, तीनपिप्लेका सन्तोष श्रेष्ठसँग विवाह भएको थियो ।
