Fast Nepal News

एम्बुलेन्स किन्नै समस्या

banner single news

बागलुङ — २६ श्रावण २०७८

बागलुङ , अस्ट्रेलियामा बस्ने युवाले संकलन गरेको पैसाबाट धौलागिरि अस्पतालमा एम्बुलेन्स किन्ने योजना अलपत्र परेको छ । एम्बुलेन्स अभाव भएको थाहा पाएपछि नेपाल–अस्ट्रेलिया समाजका युवाले २८ लाख ५० हजार रुपैयाँ संकलन गरेका थिए । स्वास्थ्य मन्त्रालयले ‘फोर ह्विल’ गाडीलाई मात्रै मान्यता दिने प्रावधान ल्याएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । ‘भेन्टिलेटरसहित एम्बुलेन्स सेवा दिन खोजेका हौं,’ रानामगरले भने, ‘तर न सरकारले दिन्छ, न त जनताको पैसाले नै किन्न दिन्छ ।’

एम्बुलेन्स बिक्री गर्दै आएका फोर्स र टाटा कम्पनीका सबै बिक्री डिपोमा खोजी गर्दा ‘टु ह्वील’ मात्रै भेटेको उनले बताए । मन्त्रालयले भनेजस्तै गाडी किन्न चीनको फोटोल कम्पनीको बी क्लासको गाडी किन्दा ६५ लाख र ए क्लासको ९५ लाख मूल्य पर्ने उल्लेख छ । अस्पतालमा अहिले एक मात्र एम्बुलेन्स छ ।सामान्य बिरामी पठाउन उक्त एम्बुलेन्स सहज भए पनि श्वासप्रश्वासका बिरामी पोखरा पठाउनुपर्दा सास्ती हुने मेसु डा. शैलेन्द्र पोखरेलले बताए । अस्पतालले एम्बुलेन्स अभावमा भाडाको गाडी लिएर सञ्चालन गरिरहेको छ । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.