Fast Nepal News

बैंक खाताबाटै हरायो २० हजार

banner single news

वीरेन्द्रनगर — २६ श्रावण २०७८

वीरेन्द्रनगर, ग्लोबल आईएमई बैंकको सुर्खेत शाखाको खातामा जम्मा गरेको २० हजार रुपैयाँ हराएको छ । वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका लालबहादुर खड्काको खातामा रहेको २० हजार ८ सय १० रुपैयाँ हराएको हो । साउन ७ गते बेलुकी ४ बजेर ४९ मिनेटमा ग्लोबल बैंकको खातामा जम्मा भएको रकम सोही दिन ५ बजेर २३ मिनेटमा अरू कसैले निकालेको जानकारी पाएको उनले बताए । आफ्नो खाताबाट कसैले रकम निकालेको मोबाइल एसएमएसबाट थाहा पाउनासाथ खड्काले बैंकलाई जानकारी गराए । ‘बैंकले खाता रोक्का गरिदिएपछि साउन ८ गते बैंकमै पुगेर निवेदन दिएको हुँ,’ उनले भने, ‘तर अहिलेसम्म पैसा फिर्ता भएको छैन ।’

बैंकले रकम फिर्ता र थप कानुनी प्रक्रियाका लागि प्रहरीमा उजुरी गर्न भनेपछि साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको खड्काले बताए । तर उजुरी परे पनि उनको रकम कसले निकाल्यो भन्ने अझै पत्ता लागेको छैन । ‘दुःख गरेर कमाएको पैसा गायब हुँदा चिन्ता लागेको छ,’ उनले भने, ‘अरूका लागि थोरै होला तर मेरा लागि निकै ठूलो रकम हो, सुरक्षित ठाउँबाट नै पैसा हरायो ।’

Inside Article Ads

खड्काको खातामा रहेको रकम डिजिटल माध्यमबाट हराएको ग्लोबल आईएमई बैंक सुर्खेतका प्रवन्धक कृष्णराज बाराकोटीले बताए । ‘उहाँले मोबाइल वैंकिङ सेवा लिनुभएको छ,’ उनले भने, ‘यसमा बैंकको कुनै पनि सहभागिता हुँदैन, तर पैसा कसले ट्रान्स्फर गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’ उक्त रकम ई–सेवाबाट ट्रान्सफर भएकाले प्रहरीले अनुसन्धान गरिरहेको प्रवन्धक बाराकोटीले बताए । ‘उहाँले आफ्नो खाता नम्बर अथवा मोबाइल बैंकिङमा प्रयोग हुने पासवर्ड कोही आफन्तलाई नै दिएको हुनुपर्छ,’ उनले भने, ‘हामीले खल्ती अनलाइनलाई पनि पत्राचार गरेका छौं, तर जवाफ आएको छैन ।’ प्रहरीलाई सूचना दिएर रकम फिर्ता ल्याउन सहयोग गर्ने उनले बताए ।

(कान्तिपुर दैनिक)

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.