Fast Nepal News

पाँच श्रष्टा : दश छेस्का

छेस्का साहित्य

banner single news

१.
जाग न जाग
उज्यालाे भयाे
अब त जाग ।

२.
नठान माेती
सत्ता कै पछी
नजाउ सती ।

✍️ गाेविन्द खनाल पाेखराथाेक पाल्पा

<><><>

१.
तेस्रो लहर
भयाे कहर
गाउँ शहर।

२.
बेसीँमा घर
बाढीकाे डर
भाग्यमा भर।

✍️ टीकाराम पुरी।
दमक। झापा।

<><><>

१,
मह जम्मा भो
भाँडो ल्याउन
खाने को को हो ।

२,
लोप्पा खाएर
कस्ले सुन्छ र
गीत गाएर ।

Inside Article Ads

✍️ नेप्लिज मणिराम नेपाल
चितवन

<><><>

१.
आयाे मसक्क
बस्याे गजक्क
जाँदा ठसक्क ।

२.
जुनेली रात
मायाकाे साथ
प्रेमका बात ।

✍️ ईश्वर लामिछाने`विप्लव´
पानबारी, सुनसरी

<><><>


नपर भर
आउ है वर
खाउला तर!

२.
जानु छ टाढा
बनाउनु छ
सम्बन्ध गाढा ।

✍️कृष्ण नेपाल ‘प्रितम’
तानसेन पाल्पा हाल पोखरा

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.