Fast Nepal News

निजी क्षेत्रको सहयोगमा नारायणी अस्पतालमा अक्सिजन पाइपलाइन

banner single news

वीरगन्ज — २५ श्रावण  २०७८

वीरगन्ज, कोरोना महामारीको दोस्रो लहरमा नारायणी अस्पतालमा भर्ना हुने बिरामीका आफन्त र सरसफाइकर्मीले भुइँ तलाबाट तेस्रो तलासम्म अक्सिजन सिलिन्डर बोकेर लैजानुपरेको थियो । अक्सिजन लेभल कम भएका बिरामीलाई हाइफ्लोमा अक्सिजन सप्लाई गर्दा ३/४ घण्टामै अर्को सिलिन्डर जडान गरिसक्नुपर्थ्यो ।दोस्रो लहरमा एकै दिन १ सय १४ जना संक्रमितलाई हाइफ्लोमा अक्सिजिन दिनुपरेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार अक्सिजन सिलिन्डर चेन्ज गर्ने बेलासमेत कतिपय बिरामीले ज्यान गुमाउनुपरेको थियो ।

कोरोना महामारीको तेस्रो लहरको जोखिम बढिरहँदा वीरगन्जको नारायणी अस्पतालमा दाताको सहयोगमा अक्सिजन पाइपलाइन जडान भएको छ । विभिन्न दाताको सहयोगले सर्जरी, मेडिकल र प्याड्रेटिक वार्डमा पाइपलाइन जडान भएको अस्पतालले जनाएको छ ।वीरगन्जको त्रिवेणी ग्रुपले आफ्नो तीनवटा कम्पनीको नामबाट ११ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त रकमबाट उद्योग वाणिज्य संघ वीरगन्जको आर्थिक सहयोगमा निर्माण भएको २० बेडको बाल सघन चिकित्सा कक्षमा पाइपलाइन जडान भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन डा.नीरजकुमार सिंहले जनाए ।

Inside Article Ads

यसैगरी क्याल ग्रुपको २० लाख, नेपाल फर्मास्युटिकल्स कम्पनीको १७ लाख, सूर्य टोबाकोको १३ लाख रुपैयाँको सहयोगले सर्जरी, मेडिकललगायतको वार्डमा अक्सिजन पाइपलाइन जडान कार्य सम्पन्न भएको डा.सिंहले जनाए । अस्पतालको एचडीयू वार्डको पाइपलाइन मात्र सरकारको बजेटले जडान भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.वीरेन्द्र प्रधानले बताए । ‘दाताले राम्रो सहयोग गरेका छन्,’ उनले भने, ‘अस्पताल सुविधासम्पन्न बन्दै छ ।’एउटा लिक्विड अक्सिजन प्लान्टसहित अस्पतालमा हाल ३ वटा अक्सिजन प्लान्ट छन् । अस्पतालले एउटा कोभिड डेडिकेटेड हस्पिटलसमेत निर्माण गर्दै छ । पर्सा क्षेत्र नं. २ का सांसद विमलप्रसाद श्रीवास्तवको संसदीय कोषअन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १ करोड ४७ लाख ९२ हजार रुपैयाँमा खरिद गरिएको अक्सिजन प्लान्ट अस्पतालमा जडान भइसकेको छ । उक्त प्लान्टबाट अक्सिजनसमेत उत्पादन भइरहेको छ ।

(कान्तिपुर दैनिक)

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.