Fast Nepal News

महाकाली अस्पतालमा थपिँदै संरचना

banner single news

कञ्चनपुर — २५ श्रावण  २०७८

कञ्चनपुर , कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा तेस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि धमाधम विभिन्न संरचनाहरू निर्माण हुन थालेका छन् । अस्पतालमा कोभिड आइसोलेसन निर्माणदेखि पीसीआर ल्याबको क्षमता वृद्धि र अक्सिजन प्लान्ट निर्माणलगायतको काम धमाधम भइरहेको हो । आइतबार अस्पतालमा ५० बेडको बाल चिकित्सा आइसोलेसनको शिलान्यास गरिएको छ । डेढ महिनाभित्र काम सक्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उक्त आइसोलेसनको शिलान्यास गरेका हुन् । एक करोडभन्दा बढीको लागतमा आइसोलेसन भवन निर्माण हुन लागेको हो ।

सामाजिक विकासमन्त्री खड्काले पीसीआर परीक्षणका लागि आवश्यक आरएनए एक्स्ट्रेक्सन मेसिनसमेत अस्पताललाई हस्तान्तरण गरेका छन् । मन्त्रालयले १९ लाखमा खरिद गरेको उक्त मेसिन अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरिएको हो ।यसअघि हातैले आरएनए परीक्षण हुँदै आएकामा अब मेसिनबाट आरएनए पहिचान गरिनेछ । त्यही आरएनएलाई डीएनएमा रूपान्तरण गरेपछि पीसीआर मेसिनबाट परीक्षण गरिन्छ । आरएनए एक्सट्रेक्सन मेशिनबाट १५/२० मिनेटमा ९० बढी नमुनाको आरएनए पहिचान गर्न सकिनेछ ।

Inside Article Ads

मेशिन नहुँदा अढाई/तीन घण्टामा २४ नमुनाको मात्रै आरएनए पहिचान गर्न सकिन्थ्यो । जसबाट परीक्षण कम हुने गरेको थियो ।‘आरएनए एक्स्ट्रेक्सन मेसिन आएपछि अब पीसीआर परीक्षण बढाउन सकिनेछ,’ महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले भने, ‘हालसम्म दिनमा बढीमा डेढ सय नमुना मात्रै परीक्षण गर्न सकिन्थ्यो, अब तीन/चार सयसम्म परीक्षण गर्न सकिन्छ ।’ अहिले दैनिक ४०/५० नमुना संकलन भएका छन् ।

(कान्तिपुर दैनिक)

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.