
नटिंघम —२४ श्रावण २०७८
नटिंघम, भारत इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको चौथो दिन शनिबार जितबाट १ सय ५७ रन टाढा रहेको छ । दिनको खेल समाप्त हुँदा भारतले एक विकेट गुमाएर ५२ रन बनाएको छ ।रोहित शर्मा र चेतेश्वर पुजारा समान १२ रनमा नटआउट छन् ।
भारतले जितका लागि २ सय ९ रनको लक्ष्य पाएको थियो । आइतबार पाँचौं तथा अन्तिम दिन भारतले जितका लागि प्रयास गर्नेछ ।यसअघि इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा ३ सय ३ रन बनाएर अलआउट भएको थियो । त्यसमा कप्तान जोए रुटले १ सय ९ रनको उत्कृष्ट प्रदर्शन गरे ।
(कान्तिपुर दैनिक)
