
काठमाडौँ — २१ श्रावण २०७८
काठमाडौँ, नर्भिक इन्टरनेसनल हस्पिटलले आगामी शनिबार युरो सर्जनको नि:शुल्क ओपीडी सेवा दिने भएको छ । वरिष्ठ युरो सर्जन डा. भरत बहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले उक्त दिन सेवा दिने अस्पतालले जानकारी दिएको छ ।
प्रोस्टेट ठूलो भएका, मिर्गाैला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका तथा मूत्ररोगसम्बन्धी समस्या भएकाले ओपीडी सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।नर्भिकले गत सातादेखि प्रत्येक शनिवार नि:शुल्क ओपीडी सेवा दिँदै आएको छ ।
(कान्तिपुर दैनिक)
Visited 9 times, 1 visit(s) today
