
गोरखा — २० श्रावण २०७८
गोरखा, चुमनुब्री गाउँपालिका–६, चुम्चेतस्थित डुयु खोलामाथिको झोलुङ्गे पुल मंगलबार रातिको पहिरोले चुँडाएको छ ।चुमभ्यालीको छेकम्पार र चुम्चेत पुग्ने लोक्पास्थित मूलबाटोको झोलुङ्गे पुलको लठ्ठा पहिरोले चुडाँएपछि आउजाउमा समस्या थपिएको स्थानीय बासिन्दा सरोज लामाले बताए ।
‘पुलबाट हिँड्न मिल्दैन, क्षतिग्रस्त बनेको छ,’ उनले भने, ‘पैदलयात्री पुलभन्दा माथिको घुमाउरो बाटोबाट हिँड्न मिले पनि खच्चडहरु हिँड्न सक्दैनन् ।’ उक्त पुल चुँडेसँगै चुम्चेत र छेकम्पारका १८ गाउँका स्थानीय समस्यामा परेको उनले बताए ।
(कान्तिपुर दैनिक)
