
काठमाडौँ – १९ श्रावण २०७८
काठमाडौँ, डा. जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) बाट हटाईएका छन् । अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट उनी हटाईएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई वीर अस्पतालबाट प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा सरुवा गरेको छ ।स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा। गौतमलाई मन्त्रालयले १० जेठमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो । स्वास्थ्य मन्त्रालयमा समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी पाउनु अघि उनी प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशक थिए ।
हाल प्रसूतिको निर्देशकमा डा. संगिता मिश्र रहेकी छन् । डा. गौतमलाई प्रसूतिमा के जिम्मेवारी दिएको छ भन्ने यकिन भइसकेको छैन ।डा . गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारी बनाइएको मन्त्रालयका प्रवक्ता डा। पौडेले बताए । डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए।आइतबार वीर अस्पतालमा धर्नामा रहेका कर्मचारीहरुसँग छलफलको क्रममा भनाभन भएपछि उनले प्रहरी बोलाएर कर्मचारीहरुलाई पिटाएको आरोप कर्मचारीहरुले लगाएका थिए ।
त्यसलगत्तै अस्पतालका कर्मचारीले डा। गौतमलाई फिर्ता गर्नुपर्ने माग गर्दै अस्पतालको गेटमा नै धर्ना दिइरहेका थिए ।डा. गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई कोभिड(१९ युनिफाइड केन्द्रीय अस्पतालमा करोडौंको सामान उपलब्ध गराउन अनैतिक रुपमा टेण्डर दिलाएको आरोप समेत कर्मचारीहरुले लगाइरहेका छन् ।यस्तै, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने सार्क क्षयरोग केन्द्रमा डा। रिता जोशीलाई लगिएको छ ।
