Fast Nepal News

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

banner single news

काठमाडौँ — १८ श्रावण  २०७८

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् ।मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारले दिने तलबभत्ता, आवासलगायत सुविधा नलिने बताएका हुन् ।

त्यस क्रममा उनले आफूले काम गरिरहेका व्यावसायिक संस्थाहरूबाट अलग भइसकेको पनि जनाए । राज्यमन्त्री श्रेष्ठले १ सय दिनको भावी कार्ययोजना सार्वजनिक गर्दै खोपको वितरण तथा व्यवस्थापनमा बढी जोड दिने बताए । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.