Fast Nepal News
Banner Below header

कायम मुकायम प्रधानसेनापतिमा शर्मा नियुक्त

banner single news

काठमाडौँ — १७ श्रावण  २०७८

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम प्रधानसेनापतिमा रथी प्रभुराम शर्मालाई नियुक्त गरेकी छन् ।नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको ३ वर्षे पदावधि भदौ २४ गतेबाट सकिँदैछ । प्रधानसेनापति थापा अनिवार्य अवकाशमा जाने भएकाले राष्ट्रपतिले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

Inside Article Ads

प्रधानसेनापति थापा साउन २५ देखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी प्रभुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १२ गतेको निर्णयबाट सिफारिस भएका थिए । सोही बमोजिम राष्ट्रपतिले शर्मालाई साउन २६ गतेबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

(कान्तिपुर दैनिक)

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.