Fast Nepal News

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न डा. रिजालको आग्रह

banner single news

काठमाडौं, भदौ १७ – वरिष्ठ स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालले उच्च मनोबलका साथ काम गर्न सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत डा रिजालले उच्च मनोबलका साथ काम गर्न सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेका हुन्। ज्यानलाई जोखिममा राखेर काम गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीले आफ्नो मनोबल उच्च राख्न उनले हासैला दिएका छन्।

उनले लेखेका छन्, ‘म एउटा स्वास्थ्यकर्मी। हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र। हामी आफू मात्र होइन, हामीबाट परिवार समेत जोखिममा रहन्छ।’

Inside Article Ads

आफू कोरोना संक्रमित भई अस्पतालमा उपचाररत रहे पनि मनमा कुनै डर नभएको उनले बताएका छन्। यस किसिमको हौसला सबैलाई आवश्यक रहेको उनको भनाइ छ। आफ्नो स्वास्थ्य लाभको काम गर्ने सबैलाई उनले फेसबुकमार्फत धन्यवाद समेत दिएका छन्।

शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि रिजाल दम्पती ह्याम्स अस्पतालमा उपचाररत छन्

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.