Fast Nepal News

बाढी-पहिरोको उद्गम अनुगमनपछि हेलम्बुका अध्यक्षले गृहमन्त्रीलाई भने– मेलम्ची छेउका बस्ती सार्नुको विकल्प छैन

banner single news

काठमाडौँ — १७ श्रावण  २०७८

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाँणलाई मेलम्ची खोला वरपरका बस्ती सार्नुको विकल्प नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी गराएका छन् । शनिबार राति मेलम्चीमा गएको बाढी र पहिरोको उद्गमस्थलको हेलिकप्टरबाट अनुगमन गरेपछि अध्यक्ष शेर्पालगायतले गृहमन्त्री खाँणलाई उक्त अवस्थाको जानकारी गराएका हुन् ।

‘मेलम्चीको मुहानभन्दा तल चौरमा माथिबाट बगेर आएको ढुंगा, माटो र बालुवा थुप्रिएको छ । सानो पानी पर्दा त्यो कटान भएर बगिरहेको हो,’ शेर्पाले भने, ‘हामीसँग मेलम्चीको वरिपरीको बस्तीलाई सार्नुभन्दा अर्को विकल्प छैन । प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रीलाई पनि यसबारे जानकारी गराइसकेका छौं ।’
Inside Article Ads

मेलम्चीको पानीले उक्त चौरमा करिब २ सय मिटर उचाइका ढिस्का तयार पारेको र ती पनि बग्ने क्रममा रहेका शेर्पाले बताए । ‘पानीमा लेदो बग्दै आइरहेको छ । अझै रोकिने अवस्था छैन । पानी परेमा झन् खतरा छ,’ उनले थपे ।तत्कालका लागि मेलम्ची नदी किनारका बस्ती सार्ने तयारी भइरहेको शेर्पाले जानकारी दिए । 

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.