Fast Nepal News

जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव

banner single news

काठमाडौँ- १७ श्रावण  २०७८

काठमाडौँ, जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । उनी सर्वसम्मतिले संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरेको हो ।

सांसद प्रदीपकुमार यादवका अनुसार संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले नेता चयन गरेको हो । डा.बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव संसदीय दलको नेता चयन भएका हुन् ।पार्टीका ज्येष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको दलको बैठकले नेता चयन गरेको हो । दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो ।

Inside Article Ads

संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेपछि यादवको मात्रै उम्मेदवारी परेको हो ।सांसदहरूले आफ्ना धारणा राखेपछि यादवलाई नेता चयन गरिएको हो ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.