Fast Nepal News

करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

banner single news

सल्यान — १६ श्रावण २०७८

कपुरकोट गाउँपालिकाको किमुचौरमा करेन्ट लागेर शारदा नगरपालिका–१४ माल्नेटाका  २५ वर्षीय विमल भण्डारीको मृत्यु भएको छ ।रा १ ख २४२७ नम्बरको ट्रकमा तुलसीपुर लैजानका लागि लोड गरिएका मुढालाई डोरीले बाँध्नका लागि छतमा चढेका बेला बिजुलीको तारले सहचालक भण्डारीलाई शुक्रबार बेलुकी करेन्ट लागेको थियो ।

करेन्ट लागेर खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन् ।भण्डारीको शव कपुरकोटस्थित स्वास्थ्यचौकीमा राखिएको छ । पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन मुचुल्का उठाउन शनिबार बिहान प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.