
काठमाडौँ — १४ श्रावण २०७८
काठमाडौँ, सामसङले ‘सामसङ ग्यालेक्सी एफ २२’ स्मार्टफोन सार्वजनिक गरेको छ ।ग्यालेक्सी एफ २२ मा ६.४ इन्च एचडी डिस्प्ले, ६ हजार एमएएच ब्याट्री, ४८ मेगापिक्सेल क्वायड क्यामेरा, १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरालगायतका विशेषता छन् ।
कम्पनीका अनुसार यो फोनमा २५ वाट चार्जिङ सुविधासहित १५ वाटको फास्ट चार्जर उपलब्ध हुनेछ । ग्यालेक्सी एफ २२ डेनिम ब्लु, ह्वाइट र ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।
नेपाली बजारमा ४ जीबी र्याम रहने फोनको मूल्य २० हजार ४ सय ९९ र ६ जीबी र्याम रहने फोनको मूल्य २३ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
(कान्तिपुर दैनिक)
