माधब पौडेल
तनहुँ, भदौ १७
तिर्खाएर पसलमा मिनरल वाटर किन्न जाँदा पैसा तिरेर किनेपछि सिल फोर्न लाग्दा बोतल भित्र लेदो नै लेदो देख्दा तपाई के गर्नुहुन्छ ? तिर्खाको प्यास भुलेर अलमल परिन्छ नि धेरैको यस्तै उत्तर हुन्छ । त्यस्तै अलमल पर्नुभयो तनहुँ दमौली बजारका अजित पन्थ । यसरी पन्थले बोतल भित्र लेदो र फोहोर भेटेको मिनरल वाटर हो दमौलीको चिरपरिचित होलिडे मिनरल वाटर । जुन मिनरल वाटर रातो स्टिकर सहित बजारमा बिक्री वितरण भइरहेको छ ।
व्यास नगरपालिका वडा नं १ तालघरेमा आफ्नो प्रसोधन केन्द्र राखेर संचालनमा आएको होलिडे मिनरल वाटरको बजारमा बिक्री वितरण भइरहेको पानी प्रदुषित भईरहेको समाचार आईरहदा र आफुले उक्त बोटल सुरक्षित रुपमा राख्दा पनि उपभोक्ताको र समाजको हकहितको लागि काम गर्छौ भन्ने संस्थाहरु बुझ्नको लागि न आएको पन्थको भनाई छ ।
व्यापार व्यवसायको मुल उद्देश्यबाट बिचलित भएर वा असावधानीवस समय समयमा बजारमा उपभोक्ताको स्वास्थ्यमा असर पार्ने पानी तथा खाद्य सामग्रीहरु भेटिदा पनि सम्वन्धित निकायको मौनतालाई आम उपभोक्ताले अचम्म मानेर नियालीरहेका छन् । यतिवेला न त स्थानीय निकायहरु अनुगमन र उपभोक्ता हितको संरक्षणको लागि जागेका छन् न त जिल्ला प्रशासन कार्यालय कारवाहीको लागि तम्सेको छ ।