
प्रकास कपाली आजको आधुनिक युगमा सामाजिक सञ्जालको प्रयोग नगर्ने व्यक्ति खास कमै होलान्? विज्ञान र प्रविधिको युगमा आज मानिसले सामाजिक सञ्जालको प्रयोग गरी एकअर्कालाई सम्पर्क गर्ने र टाढा रहेका व्यक्तिसँग आफूलाई जोड्ने काम सामाजिक सञ्जालको माध्यमबाट गरेका छन्। 

सामाजिक सञ्जालको प्रयोग गरी सूचनाको आदानप्रदान, व्यक्तिगत सम्पर्क, संदेश आदान-प्रदान गर्ने क्रममा कतिपय अवस्थामा सामाजिक सञ्जालको दुरुपयोगको कारणले आज सामाजिक सञ्जाल विभिन्न किसिमका नराम्रा घटनाहरु घटेका छन्। सामाजिक सञ्जालको दुरुपयोग गर्दा धेरै व्यक्ति मानसिक रोग र मृत्युको शिकार हुनुपरेको छ। सामाजिक सञ्जालमा धेरै व्यक्तिहरुले अफवाह र भ्रमपूर्ण समाचार प्रचार गर्नुले धेरै गलत व्यक्तिहरु चर्चामा पुगेका छन्। सामाजिक सञ्जालको दुरुप्रयोग गर्दै धेरै व्यक्तिको हुँदै नभएको प्रतिभा प्रदर्शनले चर्चामा पुगेका छन् भन्ने कुनै व्यक्तित्वका झुटो सावित भएपछि सामाजिक संजालमा आउने समाचारले कहिले कुनै व्यक्ति चर्चा संगै तिरस्कारको शिकार बन्न पुगेको छ। सामाजिक सञ्जाल दुरुपयोग गर्नुलाई कानुनले अपराध मानेको छ। त्यही पनि मानिसहरु सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रमपूर्ण समाचारहरु सन्देशहरु फैलाउने काम गरिरहेका छन्। सामाजिक संजाल मानिसलाई आफ्ना टाढा रहेको व्यक्तिहरुसँग कुराकानी गर्न र सामाजिक संजालको सदुपयोग गर्दै ज्ञानगुनका कुरा आर्जन गर्न अविष्कार भएको हो। तर अहिले समाजिक संजालको दुरुपयोग हुनाले समाजमा सामाजिक अपराध निम्त्याएको छ। यसैले सामाजिक सञ्जालको उचित उपयोग गर्दै सामाजिक सञ्जालको दुरुपयोग बाट हुने दुर्घटनाबाट बजाउनु बच्नु अति नै आवश्यक छ। आजको आधुनिक युग २१ औं शताब्दीमा फेसबुक, युट्युब, भाईबर, म्यासेनजर, ट्विटर,स्नयाप च्याट आदिजस्ता सामाजिक सञ्जालहरुको दुरुपयोगले समाजिक सञ्जालबाट हुने अपराध बढाइरहेका छन्। त्यसैगरी नेपाल सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्यालय अपराध मान्दै केहि नियमहरु बनाएका छन्। विद्युतीय प्रविधिबाट हुने अपराधमा कम्प्युटरसम्बन्धी अपराध पनि एक हो यदि कसैले कम्प्युटर संकेतको चोरी गरेमा र कम्प्युटर साम्रगीमा अनाधिकृत पाउँद पहुँच पुर्याएमा र सूचना प्रणालीमा कसैलाई क्षति गरेमा दुई लाख रुपैयाँ जरिवाना तीन वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ। कसैले विद्युतीय रुपमा गैरकानुनी कुरा प्रकाशन गरेमा विद्युतीय स्रोतसाधनबाट कसैको गोपनियता भङ्ग गरेमा विद्युतीय सञ्जालबाट झुटो व्यहोरा दिएमा दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ। यदि कसैले कम्प्युटरबाट जालसाजी गरेमा पचास हजार रुपैयाँ जरिवाना र छ महिनासम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। सामाजिक संजालबाट हुने अपराधलाई निर्मूल गर्न सरकारले नियम कानुन निर्माण गरेपनि यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन। सामाजिक संजालबाट हुने अपराधलाई रोक्न सामाजिक संजाल अपराध सम्बन्धी कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायको ध्यान जानु अति आवश्यक छ।
