Fast Nepal News

सोमबारदेखि खोप

banner single news

विराटनगर —  ११ श्रावण २०७८

विराटनगर, प्रदेश १ मा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सुनसरीबाट ५५ वर्ष माथि उमेरकालाई सोमबारदेखि खोप लगाउन थालिने बताए ।‘सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप प्रदेश सरकारले आफूमातहतका १४ वटै जिल्लामा सोमबारसम्ममा पठाइसक्छ,’ उनले भने, ‘भेरोसेल खोप लगाइसकेपछि अमेरिका सरकारले अनुदानमा उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप ५० वर्ष माथि उमेर समूहकालाई लगाउने छौं ।’

Inside Article Ads
प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र २ लाख ४० हजार डोज जान्सेन खोप आएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले बताए । उनले प्रदेश १ का सबै जिल्लामा दुवै खोप वितरण गरिसकेको बताए । यस प्रदेशमा हालसम्ममा कोभिसिल्ड र भेरोसेल खोपको दुवै मात्रा ९९ हजार ६ सय ७७ जनाले लगाइसकेको निर्देशक बस्नेतले बताए । प्रदेशका ३ लाख ७७ हजार ४ सय ४९ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको र दोस्रो मात्रा लगाउन बाँकी रहेको उनले सुनाए । 
(कान्तिपुर दैनिक)
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.