Fast Nepal News

प्रदिप रोदन स्वतन्त्र गजल तथा साहित्य रचना का अग्रणी शिखर व्यक्तित्व हुन्

डाक्टर साब म चामल बेचेर जँचाउन आएको हुँ। बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनुहोस्।।

banner single news

डायमण्ड जोशी।
विगत १० वर्ष देखि गजल , मुक्तक ,सेर , कथा जस्ता थुप्रै साहित्य मा कलम चलाईरहेका प्रदिप रोदन स्वतन्त्र गजल तथा साहित्य रचना का अग्रणी शिखर व्यक्तित्व हुन् । सायद गजल शब्द आउने बित्तिकै पहिलो शब्द रोदन नै नाम आउँछ। पछिल्लो समय गजलकार प्रदिप रोदन का गजलका केही अंशहरु सामाजिक सञ्जालमा पनि निकै भाईरल देखिन्छन्। प्रदिप रोदन भन्ने बित्तिकै उनका अति लोकप्रिय यी गजलहरु उनका शुभ चिन्तक हरुका मनमा आउँछन्।

रोदनलाई चिनाउने गजल का केही अंश हरु

– डाक्टर साब म चामल बेचेर जँचाउन आएको हुँ। बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनुहोस्।।

खान मन छैन भन्नू भन्दा उपयुक्त बाहाना छैन।
मलाई थाह कसौंडीमा आमालाई पुग्ने खाना छैन।।

बा, हेर्नुस त खान पाईन्छ लेखिएको छ त्यहाँ।
थाह छ बाबू सित्तैमा पाईन्छ लेखिएको छैन।।

तपाईं अग्लो हुनुपर्छ हुनुहोस् शुभकामना।
तर, यसो नभन्नुस कि दुनियाँ होचो हुनुपर्छ।।

लाग्छ साहित्य, नसुन्नेहरु पनि रोदन का गजल भने खोजी खोजी हेर्छन र सुन्छन। पछिल्लो समयमा रोदनलाई साहित्यप्रेमी गजलप्रेमी हरु टिकटक मा बढी हेरेको पाईन्छ। अझ भन्नू पर्दा चर्चित कलाकार हरु अभिनेता हरुले पनि रोदन का गजलहरुमा अभिनय गरेको देखिन्छ।

Inside Article Ads

प्रदिप रोदन को गजल

मेरै मूल्य सोध्दा पनि मैले मनमा लिएको छैन।
के लिनु, जो आजसम्म आफ्नै खुट्टामा उभिएको छैन।।

एकछिन पर्खनुस्, हतार नगर्नुस् हाँस्नलाई।
म पछारिन लागेको हुँ पछारिएको छैन।।

सम्झिन नसकेको बा,को अनुहार हो उसले।
औँलामा सुनको औँठी थियो बिर्सिएको छैन।।

बा, हेर्नुस त खान पाईन्छ लेखिएको छ त्यहाँ।
थाह छ बाबू सित्तैमा पाईन्छ लेखिएको छैन।।

अरुकै मन राखेर जाने त रहेछ यो जिन्दगी।
सियोले आजसम्म आफ्नै घाउ सिएको छैन।।

Visited 98 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.