Fast Nepal News

नायिका आना ढकालको अभिनय रहेको “फुल काडा ” सार्वजनिक

banner single news

काठमाडौँ। गायक मानसराज र गायिका एलिना चौहानको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘फूल काँडा’ बोलको गीतको भिडियोलाई


लामो समय नेपालमा कलाकारिता र सञ्चार कर्म गरी हाल अस्ट्रेलियामा रहेका राजु अर्यालले निर्देशन गरेका छन् ।


निर्देशक अर्यालकै शब्द रहेको गीतमा संगीत मानसराजको रहेको छ । आना ढकाल, सुरज पौडेल,उत्सव भट्टराई र राजन कुँवरले भिडियोमा अभिनय गरेका छन् । प्रदर्शनको क्रममा रहेको चलचित्र ‘लप्पन छप्पन २’ बाट चलचित्रमा डेब्यु गर्न लागेकी आना ढकालको यस अघि अरु भिडियो पनि सार्वजनिक भई सकेका छन्। जितेन न्यौपाने र सागर तामाङले अस्ट्रेलियाका कलाकार सँगै अस्ट्रेलियाका विभिन्न ठाउँलाई क्यामेरामा कैद गरेका छन् । भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। भिडियो ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Inside Article Ads

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.