
गर्जेर मात्रै जब थेग्छ सत्ता
विनाशकारी उसको वितण्डा
विध्वंस गर्दै हुनपर्ने मत्ता
हुदैछ उस्काे बदनाम सत्ता।
हुँकार ठूलाे मनराेग कस्ताे?
ढुकेर लुट्ने मतियार जस्ताे
सत्ता छ भन्दै ढुकुटी छिपायाे
अभाव छायाे जनता रुवायाे।
राईनास ५ लमजुङ
Visited 20 times, 1 visit(s) today
