Fast Nepal News
Banner Below header

नेपाली फिल्म ‘हिटलर’ युट्युवमा सार्वजनिक

banner single news

काठमाडौं९ – ९ जेठ

काठमाडौं,  फिल्म ‘हिटलर’ युट्युवमा सार्वजनिक भएको छ । सौरभ ढकालको निर्देशन रहेको फिल्म निषेधाज्ञामा घरमा रहेका सर्वसाधारणलाई समय बिताउन सजिलो होस् भनेर सार्वजनिक गरिएको हो ।

Inside Article Ads

अष्टनारायण पिक्चर्सका्े निर्माण रहेको फिल्ममा सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, अर्जुन गुरुङ(भँगेरी) र दिवस धिताल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा लोचन घिमिरेको संगीत, सनुप पौडेल र आकांक्षा बस्यालको स्वर, कृष्ण अछामीको कोरियोग्राफी छ । मित्र डी गुरुङको सम्पादन र अर्जुनराज पौडेलको छायाँंकन फिल्ममा रहेको छ । बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माता, चिनिमाया मानन्धर निर्माता रहेको फिल्म प्रेमकथामा निर्माण भएको हो ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.