Fast Nepal News

पुर्बेली लोक-भाकामा रमाउदै बुद्ध लक्ष्मी

banner single news

 

सृजना र प्रतिभा स्वतस्फुरित प्रतिबिम्ब हो।संगीतमा स्वर वा ध्वनिको उच्चारण निश्चित गरिएको हुन्छ।संगीतमा अध्ययन गर्नु एउटा बिषय हो संगीतबाट मनोरञ्जन गराउनु अर्को कुरा हो।यस्तै साङ्गीतिक क्षेत्रमा आफुलाई अलग धारबाट स्थापित गर्न कम्मर कसेकि नबोदित गायिका हुन बुद्ध लक्ष्मी दोङ।
लय र शब्दको भाबलाई मौलिकतामा पस्किदै जब गायिका दोङले पुर्बेली गितबाट गायन यात्रा तय गरिन तब
उनी भित्रको प्रतिभा चर्चा हुन थाल्यो।
एभि नेपाल प्रोडोक्सनले बजारमा ल्याएको “बरि लै ” गित मा बुद्ध लक्ष्मी दोङ र जेपि नेम्बाङको स्वर रहेको छ।
पहिलो गीति एल्बमले साङ्गितिक बजारमा आशा जगाएपछी गायिका दोङलाई गायनको अबसरहरु मिल्न थालेको उनले बताए।ब्यक्तिगत काम ब्यास्तताले साङ्गितिक क्षेत्रमा समय दिन नसकेको उनले अबको दिनमा गित गायन क्षेत्रमा मेहनत गर्ने बताए।
मिजासिलो स्वाभावकि गायिका दोङले पंक्तिकार सगको सवादमा आफू पहिचान बनाउने कुरामा भन्दा पनि दर्शक र स्रोताको मन जित्न सकेमा साङ्गितिक क्षेत्रमा परिचीत हुने तर्क राखिन।आगामी दिनमा गाएनको प्रस्ताव आएमा पछि नहट्ने उनले बताए।

Inside Article Ads
Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.