Fast Nepal News

अनुप बरालको निर्देशन रहेको चलचित्र ‘दोख’को गीत ‘रातैले बुन्छ’ सार्वजनिक

banner single news

काठमाडौं, वैशाख १४

काठमाडौं, अनुप बरालको निर्देशन रहेको चलचित्र ‘दोख’को गीत ‘रातैले बुन्छ…’ सार्वजनिक भएको छ । श्रवण मुकारुङको शब्द रहेको गीतमा पुष्प सङ्गमको संगीत रहेको छ । पूर्वेली भाकाको गीतमा झुमा लिम्बूको आवाज रहेको छ । गीतमा जनयुद्धको समयको झल्को दिने दृश्य देख्न सकिन्छ ।

चलचित्रको छायांकन शैलेन्द्र डी कार्कीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । चलचित्र राजन कठायतले लेखेका हुन् । चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायत कलाकारको अभिनय रहेको छ ।

Inside Article Ads

सविन ज्ञवाली र मनोज अधिकारी मुख्य निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले थापा कार्यकारी निर्माता रहेका छन् ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.