Fast Nepal News

चलचित्र किन रुन्छ मेरो मनको पहिलो गित “मन डराउछ” सार्वजनिक

banner single news
 काठमाडौं २८ चैत बैशाख १० गते बाट देशैभरी एकसाथ प्रदर्शन हुने नेपाली कथानक चलचित्र ´किन रुन्छ मेरो मन तिमी बिनाको पहिलो गित “मन डराउछ”भिडियो सार्वजनिक भएको छ। ज्ञानेन्द्र गिरिको शब्द एवम् संगित रहेको उक्त गितमा अन्जु पन्त र बिशाल निरौलाको स्वर रहेको छ। गितमा शिव आचार्य र ज्योति पोख्रेललाई फिचरिङ गरिएको छ।
विशाल पहरी,शिव आचार्य,ज्योति पोख्रेल,अपेक्षा सिक्देल,कालू राणा,भेष कुमारी शाही लागएत कलाकारको अभिनय रहेको यस चलचित्र लाई शिव आचार्यले निर्देशन गरेका हुन्। राहुल बराईलीको कोरियोग्राफी,मिलन श्रेष्ठको द्वन्द,तारा थापा किम्बेको सम्पादन,अरुण थापाको रङ्ग सम्पादन,हरि घले र जीवन पराजुलीको छायांकन एवम् शेखर लामाको प्रोडकसन डिजाइन रहेको छ।
मल्लशाही फिल्मस् को प्रस्तुति रहेको यस चलचित्रलाई भेष कुमारी शाहीले निर्माण गरेका हुन् भने यस चलचित्रको कथा जनक गुरुङले लेखेका हुन्।उक्त चलचित्र आगामी बर्षको बैशाख दश गते देशै भरीका सिनेमाहलहरुमा एक साथ प्रदर्शन हुँदै छ। यस गितलाई साइराम पिक्चर्सको अफिसियल युटुभ च्यानल मार्फत सार्वजनिक गरिएको छ। (हेर्नुहोस् गितको पुरा भिडियो )
XMA Header Image
MA DARAUCHU | KINA RUNCHA MAN TIMI BINA | New Nepali Movie Song | ft.Bishal Pahari Jyoti Pokharel |
youtube.com
Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.