Fast Nepal News

तामाङ सेलो म्यूजिक भिडियो लाहुरे सिकारी”

banner single news

काठमाडौँ । सामाजिक संजाल टिकटकमा चर्चा कमाउन सफल “लाहुरे सिकारी” म्यूजिक भिडियो चैत्र १३ गते बौद्घमा पत्रकार सम्मेलन गरी एन. डि. म्यूजिक हाउस युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

अन्य पत्रकार सम्मेलन भन्दा फरक ढंगले आयोजना गरेको पत्रकार सम्मेलनमा कुनै प्रमुख अतिथि थिएन र बोल्ने कुनै वक्ता पनि थिएन । उपस्थित पत्रकारहरुको सामु म्यूजिक भिडियो मोडल निरज लामाखोर, साइरा लामा , क्यामरा म्यान तथा जिग्मे मिडियाको संचालक सुर्य लामा, म्यूजिक भिडियो निर्देशक तथा कोरियो ग्राफी कृष्ण ब्लोन लगाएत कलाकारहरुले संयुक्तरुपमा भिडियो प्ले गरेर सार्वजनिक गरेको थियो । भिडियो सार्वजनिक पछि पत्रकारसँग छोटो अन्तरक्रिया गरेका थिए ।

मोडल निरज लामखोरको यो पाँचौ म्यूजिक भिडियो हो भने साइरा लामाको पहिलो हो । कृष्ण ब्लोन अनुभवी कोरियोग्राफी तथा निर्देशक नै हो भन्दा फरक पर्दैन । यो म्यूजिक भिडियो सार्वजनिक भएको केही समयमा नै माया तामाङ र थिङ कविराजले मोडल निरज लामखोरको नृत्यको विषयलाई प्रश्न उठाएका छन् । उहाँले लेख्नु भएको छ । ,,,,,,

“लाहुरे सिकारी” तामाङ सेलो गीत हो । नेपालको अहिलेको परिवेश बदलिएको छ । कुनै समयमा इन्यिन आर्मी वा बृटिस आर्मीमा जागीर खान जानेहरुलाई मात्र लाहुरे भन्ने चलन थियो । अहिले त्यो परिवेश परिवर्तन भएको छ । कामको शिलशिलामा विदेशीएका जोकोहिलाई नै अहिले लाहुरे भन्ने प्रचनल चलेको छ ।

विदेशबाट लाहुरे भएर फर्केपछि कुनै पनि नयाँ गीतमा मोडल खेल्ने प्रचलन नै बसिसकेका छन् । त्यसैको आधारमा निर्माण गरिएको म्यूजिक भिडियो लाहुरे सिकारी ।

Inside Article Ads

लाहुरे आर्मी ड्रेसमा हुनुपर्ने भन्ने कमेन्ट् पनि गरिएको छ । अब विदेशी देशमा आर्मी वा पुलिसमा जागीर खाना जानेलाई मात्र लाहुरे भन्ने या अन्य कामको शिलशिलामा विदेशमा जानेहरुलाई पनि लाहुरे भन्ने ? यो म्यूजिक भिडियो हेरेपछि प्रश्न अवश्य उठने छन् ।

तामाङ समुदायमा हप्ताको दर्जनसम्म म्यूजिक भिडियो सार्वजनिक हुनुलाई पनि अहिले सामान्य घट्ना मान्न थालेका छन् किनभने अन्य जातजातीमा भन्दा वा नेपाली गीत संगीतको तुलनामा तामाङ भाषको म्यूजिक भिडियो निर्माण गर्ने समुह धेरै देखिन थालेको छ ।

अब लाहुरे सिकारी म्यूजिक भिडियो कस्तो बनेको छ भन्ने प्रश्न दर्शकहरुमा नै जिम्मा लगाउन चाहन्छु तर प्रविधिक पक्षमा सामान्य कमीकमजोरहरु भएता पनि मोडलले भने आफ्नो कलामा धेरै निखारता ल्याउन आवश्यकता देखिन्छन् ।

मोडल साइरा लामा लुङबाको भविष्य निर्धारण कता भन्ने प्रश्न नउठेको होइन तर उनको लगाव र आउने नयाँ प्रोजेक्टमा आफुलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरामा पनि भरपर्ने छन् । पत्रकार सम्मेलनको क्रममा गरेको छोटो भिडियो संवाद सहित लाहुरे सिकारी म्यूजिक भिडियो हेर्न नभुल्नु होला ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.