Fast Nepal News

मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न

banner single news

काठमाडौँ — चैत्र ४, २०७७।

न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “मिस टिन काठमाडौं आईकन, २०२१” र “टप मोडल युनिभर्स,२०२१” को अन्तिम स्पर्धा सम्पन्न भएको छ।

राजधानीको जडिबुटीस्थित जडिबुटी बैंक्वेटमा सम्पन्न भएको “मिस टिन काठमाडौं आईकन, २०२१” को शिर्ष विजेताको ताज सनिया बिष्टले पहिरिईन भने “टप मोडल युनिभर्स,२०२१” को शिर्ष बिजेताको ताज सामना खत्रीले पहिरिईन। विजेताले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्यापरहरु प्राप्त गरेका थिए ।

Inside Article Ads

“मिस टिन काठमाडौं आईकन, २०२१” तर्फको अन्तिम प्रतियोगितामा साहारा गिरी फर्स्ट रनर अप भईन भने “टप मोडल युनिभर्स,२०२१” तर्फ शनी सिंह फर्स्ट रनर अप भए । त्यसैगरी टप मोडल एसिया क़ृष्टिना श्रेष्ठ, मिस टिन चार्मिङ ईन्टरनेशनल प्रतिष्ठा ढकाल , मिस्टर टिन अनुराग भट्ट, मिस्टर प्रि टिन सलोम तामाङ, एम्बास्डर ईशिका चौधरी र मिस प्रि टिन सुहाना थापा घोषित भए।

कोरियोग्राफर नवराज देउवाले संचालन गरेको उक्त कार्यक्रमको निर्णायक मण्डलमा एलिसा गौतम, आशिका शाह, मन्जेश गिरि र माधव निर्दोश रहेका थिए।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सौन्दर्य प्रतियोगिता मार्फत युवायुवतीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गर्दै आएको र आगामी दिनमा अझ उच्च स्तरिय सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै जाने आयोजक संस्थाका प्रबन्ध निर्देशक नवराज देउवाले बताए ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.