Fast Nepal News

भक्तपुर फेशन रनवे’ को दोश्रो सिजन भब्य रुपमा सम्पन्न

banner single news

काठमाडौँ — चैत्र ३, २०७७।

भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ ।

लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा ‘भक्तपुर फेशन रनवे, २०२१’ नाम दिइएको उक्त शो मा दुई दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रिएका थिए ।

कोरियोग्राफर आशिष नापित तथा उजोल सन्धाको कोरियोग्राफीमा संचालित रन वे शोमा गायक मानस राज, भोईस अफ नेपाल सिजन २ का प्रतिस्पर्धी गायक कुमा सागर लगायतले आफ्नो सांगितिक प्रस्तुति दिएका थिए।

Inside Article Ads

नेपाल आईस नेचुरा, श्री जनशक्ति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सुर्य किरण सेभिङ एण्ड क्रेडिट को अपरेटिभ तथा हुण्डाई ईलेक्ट्रोनिक्सको प्रायोजन रहेको उक्त फेशन रन वेमा बेस्ट मोडलको उपाधी प्रतिक मुलगुठीले हात पारे। त्यसैगरी पब्लिक चोईस अवार्डका लागि ग्लोवल अनलाईन पे मार्फत भएको अनलाईन भोटिङ्मा सर्वाधिक भोट प्राप्त गरी मिकेन धौबन्जारले पब्लिक चोईस अवार्ड जित्न सफल भए।

प्रजिता श्रेष्ठले संचालन गरेको फेशन रन वे मा मोडलहरुले १० ‘सिक्वेन्स’मा विभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरेका थिए । लु खा ईभेन्ट्सको व्यवस्थापनमा आयोजना भएको ‘भक्तपुर फेशन रनवे, २०२१’को उद्देश्य नेपाली कपडाको प्रवर्द्दन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्याउनु रहेको आयोजक संस्थाका सिईओ सन्जु शाखाकर्मीले बताए।

बेस्ट युथ इन्टरप्रेनर अवार्ड २०१६ का विजेता सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न शोमा ‘इन्स्ट्रुमेन्टल म्युजिक’को तालमा र्याम्पमा मोडलहरु एक–एक गरी देखिए। दर्शकरुले एकपछि अर्को गर्दै उनीहरुलाई तालीले हौसला दिईरहेका थिए ।

मोडल को-अर्डिनेटर सन्जोक मुनानकर्मी तथा ईभेन्ट म्यानेजर सन्दीप फासिकवाको कार्यक्रम व्यस्थापनमा ६ किड्स मोडल र २५ टिन मोडल गरी कुल ३१ मोडल र्याम्पमा उत्रिएका आयोजक संस्था लु खा इभेन्ट्सकी म्यानेजिङ डिरेक्टर रोशना चौगुठीले बताईन।

Visited 57 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.