
काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्य निवासी गायक रमेश कडेलले आफ्नो नयाँ म्युजिक भिडियो ‘सल्लाह गरेर’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
रमाइलो शैलीको डान्सिङ गीतमा गायक कडेलको साथमा सिडी विजय अधिकारी, रचना रिमाल र मनिषा राईको समेत स्वर सुन्न सकिन्छ। डिपी खनालको शब्द रहेको यस गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ।
नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना बीचको अनस्क्रिन प्रेम र रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ। सन्तोष राजबाहकले कोरियोग्राफी यस भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ।
सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा तयार पारिएको हो। ईनाक्षी इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियोले दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
