Fast Nepal News

फ्लाईटेकलाई वर्ल्ड एडुकेशन लिडर्स अवार्ड

banner single news

 

काठमाडौं ।यस बर्षको ‘वर्ल्ड एडुकेशन लिडर्स अवार्ड–२०२१’ नेपालमा अन्तराष्ट्रिय एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले प्राप्त गरेको छ।

विश्वप्रशिद्ध शैक्षिक संस्था हरुलाई गुणस्तरको आधारमा प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेकलाई प्रदान गरिएको हो। एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेख्य भूमिका निर्वाह गरे बापत “आउटस्टान्डिङ ट्रेनिङ एकेडमि” को उपाधि प्रदान गरिएको हो । “वर्ल्ड एडुकेशन लिडर्स समिट २०२१” का अवसर मा आयोजित उक्त कार्यक्रममा १० वक्ता का साथै ५० देशका कारीब २५० भन्दा बढी शिक्षण विज्ञ हरुले भाग लिएका थिए ।

Inside Article Ads

न्यू प्लाजा, पुतलीसडक तथा के. एल. टावर, चाबहिलमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त संस्था फ्लाईटेक इन्टरनेसनल डेढ दशक लामो समयदेखि एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था हो । यसले हजारौ विधार्थीहरुलाई विश्वका ७० भन्दा बढि प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेको छ ।

यसअघि ‘वर्ल्ड बुक अफ रेकर्ड, लन्डन, यु.के.’ तथा ‘बिआईडी वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड, पेरिस , फ्रान्स’ बाट सम्मानित यस सन्स्थाले थुप्रै अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भैसकेको छ । एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले “क्रु लर्निङ  सेन्टर” नाम बाट मलेशियामा आफ्नो पहिलो शाखा को शुरुवात पनि गरेको छ | अन्य देश मा पनि शाखा बिस्तार गर्ने योजना मा रहेको यस सन्स्था ले चाडै नै नेपालका सातै प्रदेशमा आफ्नो शाखा बिस्तार गर्दैछ ।

Visited 39 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.