Fast Nepal News

राज र एबि फिचर्ड ‘खुशी’ सार्वजनिक ( भिडियो)

banner single news
काठमाडौँ । शिवरात्रीको अवसर पारेर अष्ट्रेलियामा रहेका नेपाली कलाकर्मीहरुले निर्माण गरेको म्युजिक भिडियो ‘खुशी’ सार्वजनिक भएको छ।

 

गीतमा स्वर प्रताप दासको रहेको छ भने शब्द राज केसीको रहेको छ।  जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको  संगीत संयोजन रहेको छ। छिट्टै नै गायिका अस्मिता अधिकारीको  स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ।
Inside Article Ads
रोमाण्टिक भर्सनको गीतको म्युजिक भिडियोमा राज केसी र अस्ट्रलियन मोडेल एबि फिचर्ड छन्।  अष्ट्रेलियामा नै छायांकन भएको यस भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।  ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

अष्ट्रेलियामा रहेर आफ्नो कलायात्रालाई अघि बढाइरहेका गीतकार केसीले यसअघि ‘हे सुनन’ बोलको म्युजिक भिडियोमा अभिनय गरेका थिए। यस गीतको  म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गीतकार तथा मोडेल केसीले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.